लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रचण्ड शुक्रबार बुटवल आउने, यस्तो छ दिनभरिका कार्यक्रम सेड्युल

IMG

तिलोत्तमा २०७७ फागुन २७। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल आउने कार्यक्रम तय भएको छ।  बिहान राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड बुटवल आउने भएका हुन्।  सो बिचमा प्रचण्डले अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेकपा माओबादी केन्द्रका रुपन्देही सचिव निर्मल जिसीले बताएका छन्। बर्तमान राजनीतिक घटनापछि पहिलो पटक प्रचण्ड उपत्यका बाहिर आएका हुन्।  निर्बाचन आयोग र सर्बोच्च अदालतको निर्णय स्वीकार गर्दै अब जनता सामु जानुको विकल्प नरहेको बताउदै आएका नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहानै राष्ट्रिय दलित पत्रकार संघ, नेपालको कार्यक्रममा सरिक हुने छन्।  



राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रथम राष्ट्रिय अधिवेशन प्रचण्डले उद्घाटन गर्ने 

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा गर्ने भएको छ । फागुन २८,२९ र चैत १ गते बुटवलमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले बताए । महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए ।महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिला: दलित महिला?” र दलित आन्दोलन युवा र आमसन्चार बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताईएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक, कार्यान्वयनको सवालमा सक्रिय छ ।

कमेन्ट गर्नुहोस्