लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब गाउगाउका जनतामा हाम्रो अभियान चलाऊ : बलदेव

IMG

तिलोत्तमा २०७७ फागुन २६। नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य तथा पुर्व मन्त्री चन्द्र प्रकाश खनाल बलदेवले अब माओबादी गाउ गाउमा गएर आफ्नो कुरा राख्नु पर्ने गरी अभियान चलाउनुपर्ने बताएका छन्। शहिद स्मृती प्रतिष्ठान रुपन्देहीको भवनमा ने.क.पा.(माओवादी केन्द्र) रुपन्देही जिल्लाको जिल्ला कार्यालय स्थापना गर्दै उनले सो कुरा बताएका हुन।


सहिद भवनमा पार्टीको बोर्ड राखेर कार्यालय स्थापना गर्दै पार्टीका स्थायी समिती सदस्य बलदेवले समसामयीक विषयमा पार्टी केन्द्रका धारणा राख्दै पार्टीलाई जिबन्त राख्न पार्टी  कार्यालयको महत्त्वपूर्ण भुमिका हुने बताएका छन्। उनले अब गाउ गाउमा गएर सबै जनताको सामु अहिलेको घटना परिस्थिति र आफुहरुले गरेको हर प्रयासको बारेमा अबगत गराउदै पार्टीलाई एक ढिक्का बनाउन सबै लाग्नु पर्ने बताएका छन्। सो कार्यक्रममा पार्टीका नेता निर्मल जिसी, राम प्रसाद बन्जाडे, हुमनाथ न्यौपाने सुदिप , लक्ष्मण खनाल , अधिबक्ता नेत्रलाल पाण्डे लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।  

कमेन्ट गर्नुहोस्