लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता

IMG

२०७७ फागुन १९ गते, तिलोत्तमा। सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै टोलीबीच केही घण्टा कुराकानी भएको थियो ।पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्। अर्को वार्ताको मिति तोकिएको छैन । तर छिट्टै वार्तामा बस्न दुबै पक्ष सहमत रहेको स्रोतको दाबी छ ।


नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।विप्लव समूहका नेताहरुले ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाका बारेमा विद्रोहीले राखेका प्रस्ताव र सर्तमा राज्य पक्ष सकरात्मक भयो भने वार्ता अघि बढ्छ र त्यो संयुक्त सरकारसम्म पुग्न सक्छ’ भनेका छन्।


संसद विघटनको प्रयासपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग सम्वादको प्रयास थालेका थिए । पटकपटकको अनौपचारिक छलफलपछि दुवै पक्षबाट वार्ता समिति गठन भएको थियो । ठोस छलफलमा बस्नुअघि प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने र औपचारिक पत्र पठाउनुपर्ने माग विप्लवका नेताहरुले राख्दै आएका थिए । तर, ती मागहरु पूरा हुनु अगावै बुधबार दुवै पक्ष वार्ताको टेबलमा देखिएका छन् ।वार्तामा के के भयो भन्ने विषयबारे दुवै पक्षले विस्तृतमा खुलाएका छैनन् ।

कमेन्ट गर्नुहोस्