
तिलोत्तमा,२०७७ फाल्गुन ६। नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेर्दैछन् ।प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मानवसाङ्लोले टुँडिखेल घेर्न लागेका हुन् ।बिहीबार दिनको ३ बजेपछि हुने कार्यक्रममा नेताहरुका साथमा विद्यार्थी, युवाहरुको सक्रिय सहभागिता रहने बताइएको छ ।
प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रममा अनेरास्ववियू भने भद्रकाली-सुन्धारामा जुट्ने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ । संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले जनसभासमेत गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्