लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म

IMG

तिलोत्तमा, २०७७ फाल्गुण ५ गते।  पूर्व कार्यतालिका अनुसार महाधिवेशनको उदघाटन गर्न २ दिन बाँकी रहँदा नेपाली कांग्रेसले आफ्नो महाधिवेशनलाई भदौमा पु-याएको छ ।जेठ महिनामा गर्ने की भाद्रमा भन्ने रस्साकस्सीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भाद्रमा महाधिवेश गर्ने सहमती गरेका छन् । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सुरुहुनु पूर्व देउवा र पौडेल बीच भाद्रमा महाधिवेसनको मिति तय गर्ने सहमति भएको हो ।कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति र बरिष्ठ नेताबीच सहमति भएको बताईएको छ ।


यसअघि पौडेल पक्ष कम्तीमा जेठ भन्दा पछि महाधिवेशनको समय सार्न नहुने अडानमा रहेको थियो भने देउवा पक्ष केहि समय ढकेल्ने पक्षमा देखिएको थियो ।कांग्रेसले फागुन ७ गते उदघाटन गर्ने गरि महाधिवेशनको मिति तोकेपनि फागुनमा महाधिवेसन असम्भव भएपछि नयाँ मिति तोक्न दुईनेता बीच सहमति भएको हो । कांग्रेसको विधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेसन गर्नैपर्ने बाध्यता छ ।आज बिहानका लागि तय भएको केन्द्रीय समितिको बैठक दुईनेता बीच सहमतीको बिन्दु फेला नपरेपछि सुरु हुन सकेको थिएन । दुई नेताबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्