लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रहरी भागरथी प्रकरणको दोषी नजिक पुगिसक्यो : गृहमन्त्री थापा

IMG

२०७७ फागुन ४ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् ।उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’


घटनाको विषयमा सरकार गम्भीर रहेको समेत थापाले बताए ।कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको जानकारी गराए ।महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको पनि बताए । उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत जनाए । 

कमेन्ट गर्नुहोस्