लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा दुर्गेश र पलले धुलो उडाए

IMG

तिलोत्तमा ,२०७७ माघ २५।  शनिबार रुपन्देहीको तिलोत्तमास्थित जनजागृति माविको मैदानमा धुल्यो उड्यो। जय मातादी एम्युजमेण्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको लुम्बिनी लाइभ कन्सर्ट २०७७मा आएका कलाकारहरु मध्ये निकै हम्मे हम्मे भएर स्टेज सम्म आएका कलाकार दुर्गेश र पल ले धुलाई ऊडाएर दर्शकलाई झुमाए।  दर्शकको लामो प्रतिक्षाको घडि सकिए लगत्तै उदघोसक को भूमिका निभाएका गायक तथा मोडल दिपु मगरले १० पटकसम्म बोलाउदा समेत दर्शकले घेरेर राखेका कलाकार स्टेजसम्म आउन नपाएपछि कार्यक्रम १ घण्टा ढिलो सकिएको थियो।  


जागृति युवा क्लबले संयोजन तथा ब्यबस्थापन गरेको सो कार्यक्रममा अन्तत: बल्ल-बल्ल स्टेजसम्म आउन पाएका दुर्गेश थापा र नायक पल शाहले जब स्टेज तताए , स्टेज अघिल्तिर धुलाम्य बन्यो मैदान। पल शाहले लगभग ४ वटा गीतमा आफ्ना कोरस डान्सरसंगै बबाल नाच देखाए भने दुर्गेश थापाले "कि दुर्गेश जेलमा , हेप्पी तिहार स्स्स्स्स , हामी घमण्डी हो, होहो माले भन्ने मान्छे" लगायत आधा दर्जन गीत सुनाए र आफै नाच्दै दर्शक झुमाए।   


त्यसो त हास्यव्यंग्य कलाकार माइला बाले पेट मिची-मिची हँसाए।  अन्य कलाकार गायक तथा एरेन्जर योगेश काजी, तेस्रो लिंगी डान्सर आबन्तिका घर्ति , बिनिता शाही, डान्सर सुमी घर्ति मगर, बालागायिका प्रिन्सु पौडेल,डान्सर बबिता बोहोरा , डान्सर बबिता धिताल ,  डान्सर नुमा थापा मगर , डान्सर लिजा मगर , गायिका बिज्ञानी पराजुली लगायतका कलाकारहरुले आ आफ्ना प्रस्तुति पेश गरेका थिए। 


तिलोत्तमा नगरपालिका २ को बिशेस सहयोग रहेको सो कार्यक्रममा उल्लेख्य दर्शक आएको आयोजक सस्था जय मातादी एम्युजमेण्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका राजबिर जैसवालले बताउनुभयो। रुपन्देही भित्र रहेका अनाथ असहाय नेत्र हिन हरुको सहयोगार्थ गरिएको सो कार्यक्रम बाट खर्च कटाएर सोहि कार्यका लागि खर्च गरिने उहाले बताउनुभयो। सस्थाले आगामी फागुन १५ गते बुटल बहुमुखी क्याम्पस प्राङ्गणमा गायक प्रमोद खरेल, रमेश प्रसाई , सचिन परियार, आयुषा गौतम, लगायतको प्रस्तुति रहने उहाले बताउनुभयो। कार्यक्रम चाहना अनुसार भब्य र सभ्य भएको कार्यक्रम संयोजक राजिव भुसालले बताए। 

                                                                

कमेन्ट गर्नुहोस्