लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पन्थको नेतृत्वमा लुम्बिनी फोटोग्राफर संघको नयाँ कार्यसमिति चयन

IMG

१८ माघ, तिलोत्तमा । लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारणसभा एवं पाँचौ अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ ।अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने बताए ।कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए  भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ मनिषले स्वागत् मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका थिए ।पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे अर्जुन सम्मानित भएका थिए । 


मनिष पन्थको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन:

अधिवेशनले मनिराम पन्थ मनीषको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् । अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय,कमल अर्याल,रेशम भण्डारी,मोहन महतो,गोभा ज्ञवाली,गीता पंगेनी,ज्योतिलाल भट्टराई,मनोज क्षेत्री,दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ । संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।

कमेन्ट गर्नुहोस्