
लुम्बिनी । बैसाख १८ गते परेको २५७० औ बुद्ध जयन्तीको तयारी पुरा भएको छ । लुम्बिनी विकास कोषले बुधबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले बुद्ध जयन्तीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले लुम्बिनी सम्पूर्ण मानव जगतको साझा स्थल भएको उल्लेख गर्दै बुद्ध जयन्ती पनि सबैको साझा भएको बताए ।लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठले बुद्ध जयन्तीमा सबैलाई स्वागत गर्न विकास कोष तयार रहेको बताए ।
प्रधानमन्त्री आउने कार्यक्रम रद्ध
प्रधानमन्त्री बालेन्द्र साहको प्रमुख आतिथ्यतामा बुद्धजन्यती समारोहमा हुने तय भएको भए पनि अन्तिम समयमा रद्ध भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनी नआउने निश्चित भएको हो ।प्रधानमन्त्री नआउने भएपछि सभामुख डिपी अर्याललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने निधो भएको स्रोतले जनाएको छ ।विगतका वर्षहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले बुद्ध जयन्तीमा सहभागी भई औपचारिक सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । तर यस पटकको कार्यक्रम तालिकामा प्रधानमन्त्रीको आए पनि भाषण समावेश गरिएको थिएन ।
कमेन्ट गर्नुहोस्