लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउदै : कांग्रेस नेता रिजाल

IMG

१८ माघ, तिलोत्तमा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दाबी गरेका छन्। रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा नगरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’–उनले भने । ‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूणर् विसोस्त रहेको बताए ।


नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । उनले भने( ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निणर्य गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ पुन स्थापना हुन्छ ।’ उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए छ । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ। संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ ।


लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ । रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो । यसैविच सौन्दर्य प्रतियोगिता, द नेक्सट फेस लुम्बिनीको उपाधी विजेता अभिषेक ढकाललाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्