लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संविधान, कानून तथा विधि मान्दिन भन्नु सर्वसत्तावाद : कांग्रेस नेतृ डिला संग्रौंला

IMG

१८ माघ, तिलोत्तमा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शनिवार भएको साक्षत्कार बोल्दै नेता संग्रौलाले सरकारले प्रतिगामी, अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन् ।


‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोजिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले भनिन् । संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाई छ । उनले पाँच वर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन् ।न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्ने फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनले बताइन् ।लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् । साक्षत्कार क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्