लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको बोलीको के भर पर्नु ?

IMG

माघ १७, २०७७ तिलोत्तमा।प्रधानमन्त्री केपी शर्मा ओली फेरी अर्को एक कुरामा चिप्लिएका छन्।  ओलीले तीन महिनाभित्र सबै नागरिकले कोरोना खोप नपाउने बताएका छन्।शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्ट लाइनमा रहेकालाई र एक वर्षभित्र सबै नागरिकलाई लाइसक्ने बताएका हुन्।उनले भारतबाट प्राप्त १० लाख खोप फ्रन्ट लाइनमा रहेकालाई लगाउन सुरु गरिएको भन्दै सन् २०२१ भित्र सबै नागरिकलाई खोप पु¥याउने बताएका हुन्।‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले भने, ‘बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं।’माघ १४ गते बुधबार बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए।


‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं’, प्रधानमन्त्री ओलीले भनेका थिए।त्यसको तीन दिनमै प्रधानमन्त्री ओलीले बोली फेरका हुन्। सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको छ। सरकारी अधिकारिहरुले सबै नागरिक हरुलाई खोप दिनका लागि एक वर्ष लाग्ने बताए पनि प्रधानमन्त्री ओलीले तीन महिनमै दिन सकिने बताएका थिए।नेपालले कोभिशिल्ड खोपलाई मान्यता दिएर भारतबाट तत्कालका लागि १० लाख खोप ल्याएको छ। त्यसबाहेक अन्य मूलुकसँग पनि खोपका बारेमा कुरा चले पनि अहिलेसम्म टुंगो नलागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

कमेन्ट गर्नुहोस्