लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज बुटवलमा प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने, ५० हजार बढीको सहभागिता रहने अनुमान

IMG

तिलोत्तमा माघ १५ गते २०७७। नेकपाको प्रचण्ड-नेपाल पक्षले आज बिहिबार बुटवलमा विरोध सभाको आयोजना गर्ने भएको जनाएको छ । प्रचण्ड-नेपाल पक्षको रुपन्देही प्रचार समितिले हिजो साँझ एक विज्ञप्ति प्रकाशित गरेर विरोध कार्यक्रमको तयारी पुरा भएको जनाएको थियो ।पार्टीले विरोधसभालाई ब्यवस्थित बनाउन निर्देशिका पनि जारी गरेको छ । अध्यक्ष द्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने विरोध सभालाई ब्यवस्थित गर्न बुटवलका बिभिन्न स्थानबाट प्रदर्शन हुने र प्रदर्शनको अगुवाई गर्ने नेताहरु समेत पार्टीले ताकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


कमेन्ट गर्नुहोस्