लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संबिधानसभा पुनर्स्थापना नभए ओलीले न्यायपालिकामाथी प्रहार गर्छन : नेकपा नेता घनश्याम भुसाल

IMG

१३ माघ,तिलोत्तमानेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासंग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । मंगलबार तिलोत्तमाको ड्राइभरटोलमा आयोजित अन्तरक्रियामा नेता भुसालले प्रधानमन्त्रीले विधायकको हत्या गर्न खोजेकाले अदालतले हत्या हुन दिन नहुने जिकिर गरे । ‘संसद विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज हुन्छ र न्यायपालिकामाथि आक्रमण शुरु हुन्छ’–भुसालले भने–‘संविधानको रक्षा गर्ने दायित्व अदालतको हो,संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न ।’ नेकपाको प्रचण्ड–माधव पक्षले गरिरहेको आन्दोलन अदालतको स्वतन्त्रता र  स्वच्छताका लागि भएको भुसालले बताए । ‘यदि कतै सेटिङ भएको छ भनेपनि त्यसले अदालतलाई प्रभावित नगरोस् भन्ने मात्रै हाम्रो आशय हो,सेटिङ नै भएको छ भन्ने दावी होइन’–भुसालले प्रष्ट पारे । ओली समूह भन्दा आफ्नो समूह सिद्धान्त, विचार,दृष्टिकोण र व्यवहारमै राम्रो भएको उनको दावी छ । ‘ओली समूह भन्दा हामी बेटर छौं र पार्टीलाई अझै प्रगतिशील बनाउंछौं’–उनले भने । 



अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्धको भइरहेको आन्दोलन प्रचण्ड–माधव पक्षको मात्र आन्दोलन नभई संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताए । गैरेले बुटवलमा यहि माघ १५ गते हुने आमसभालाई सफल बनाउन संबिधान बिघटनको बिपक्षमा उभिएका सम्पूर्ण शक्ति र आम नेकपाका सम्पुर्ण  कार्यकर्ता हरुमा उ[अस्थितिको लागि आग्रह समेत गर्नुभयो। सो कार्यक्रममा अग्रज पत्रकार बालकृष्ण चापागाई, प्राध्यापक डा. माधव पन्थी,लेखक ऋषि आजाद, मदनलाल पौड्याल, लिलाबल्लभ ढकाल,सिद्धिचरण भट्टराई, पत्रकार माधव नेपाल,शरण कर्माचार्य,भुवन कार्की,गुनाराम घिमिरेले यसअघिका संसद विघटन अलोकतान्त्रिक भएपनि संवैधानिक भएका तर यसपटकको विघटन असंवैधानिक र प्रतिगामी भएकाले संयुक्त आन्दोलनमा जोड दिए । कार्यक्रम नेकपा रुपन्देही प्रचार विभाग संयोजक सिद्धिचरण भट्टराईको अध्यक्षता,सहसंयोजक भुवन कार्कीको स्वागत र सचिव गुनाराम घिमिरेको सञ्चालनमा भएको थियो ।


कमेन्ट गर्नुहोस्