
तिलोत्तमा माघ ११,२०७७। पूर्वमन्त्री तथा नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले नेपालमा अहिले बैधानिक प्रधानमन्त्री नभएको दाबि गरेका छन् ।‘ संसद बिघटनपछि केपी ओली वैधानिक प्रधानमन्त्री हाेइनन्,उनी त काम चलाउ पनि रहेनन्,अहिले नत राष्ट्रपतिले काम चलाउ भनेर पत्र नै दिएकी छन्,त्यसैले उनी प्रधानमन्त्री नै हाेइनन् ,अहिले नेपाल प्रधानमन्त्री नभएको अवस्थामा छ । ’ उनले भने ।आदीवासी जनजाती महासंघको सदस्यहरुलाई बुटवलमा प्रशिक्षण दिँदै नेता पुनले संबिधानमा प्रतिनिधिसभा सदस्य बाहिरका ब्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेकाले प्रतिनिधिसभा भंग गर्दा ओली वैधानिक प्रधानमन्त्री हुन नसक्ने बताए ।पूर्व उर्जामन्त्री समेत रहेका नेता पुनले साढे ३ महिनामा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै बैशाख पछि ओलीको बाँकी रहेको बैधता पनि सकिने जिकीर गरे ।‘
जसले ओलीलाई उकासेर अस्थिरता ल्याउन खोजेको हो, उसैले बैशाखपछि प्रधानमन्त्री केपी ओलीलाई मुलढोकाबाट होईन झ्यालबाट टिपेर मिल्काउने छ,यस्तै रहिरहे नेपालमा फेरि नयाँ खेलराज रेग्मीको खोजी हुने अवस्था बन्ने छ ।‘उनले भने, ‘जसले देशमा परिवर्तन चाहेका छैनन्, जसले लोकतन्त्र, संघीय गणतन्त्र, धर्मनिरपेक्षता चाहेका छैनन् उनीहरुले यी सबै फेर्न सक्ने नयाँ खिलराज खोज्नेछन् ।’संसद विघटनको कदम केपी ओली एक्लैले चालेको कदम नभएको दाबी गर्दै उनले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा ओलीले संसद विघटन गरेको बताए ।
एमसीसी पास गर्न नदिएपछि शक्ति केन्द्रहरुले नेपालमा अस्थिरता ल्याउन अहिलेको कदम चाल्न लगाएको पुनको भनाई छ ।ओली हिटलर बनेको भन्दै उनले यसाे हुनुमा ओली यसरी सन्किनुमा उनका नजिकका मान्छेहरु बिष्णु पाैडेल र शंकर पाेखरेललगायतकाे पनि दाेष रहेको बताए । पूर्व सभामुख ओनसरी घर्तीले ओलीको दम्भका कारण सबै नेपालीले दुख पाएको बताइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका नेकपाका नेता तथा सामाजिक बिकास मन्त्री सुदर्शन बरालको पनि उपस्थिति रहेको थियाे। कार्यक्रम नेकपा नेतृ सरिता श्रीसको संचालनमा भएको थियाे ।
कमेन्ट गर्नुहोस्