लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यायाधीसहरुलाइ मैले नचिन्नु, न भेट्नु : प्रधानमन्त्री ओली

IMG

तिलोत्तमा, ३ माघ २०७७। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफुले कहिल्यै नभेटेको बताएका छन् ।शनिबार काठमाडौंमा आफु निकट १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायाधीसहरुलाई आफुले यसपटकमात्र नभएर कहिल्यै पनि नभेटको दाबी गरेका हुन ।संवैधानिक इजलाससँग सम्बद्ध न्यायाधीसहरुलाई प्रधानमन्त्रीले भेट गरेको समाचार प्रकाशित भएपछि शुक्रबार इजलासमा यसबारे प्रश्न उठेको थियो । पछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर त्यो समाचार भ्रामक भएको जनाएको थियो ।प्रधानमन्त्री ओलीले न्यायाधीस सपना प्रधान मल्ललाई वकिल हुँदा कुनै कार्यक्रममा देखेपनि अरुलाई नदेखेको र चिन्न पनि नचिनेको जिकिर गरे । नेकपाको ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने, ‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो ।


अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन ।’कार्यक्रमाम प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई ब्यंङ्ग गर्दै दुनिँयालाई रुवाउँदै हिँड्ने आफ्नो काम नभएको बताए ।दुई दिन अघि प्रचण्डले काठमाडौंमै आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीलाई राजनीतिक जोक्करको संज्ञा दिँदै उनको काम मान्छे हसाँउने भएको बताएका थिए । त्यसको जवाफमा आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर रु नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ ,सक्दैनौँ। दिइने छैन ।”प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाए । उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।


ओलीले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे ।अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए ।

कमेन्ट गर्नुहोस्