लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगर कमिटिको आयोजनामा नेकपा कार्यकर्ता भेला हुने

IMG

माघ २, २०७७, तिलोत्तमा।  नेकपा तिलोत्तमा नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ।  बिस्तारित बैठक तथा भेलाको यहि माघ ३ गते बिहान ११ बजे मणिग्राम पार्टी प्यालेश मणिग्राममा उद्घाटन हुने नगर कमिटि सचिव लक्ष्मण खनालले बताए। नेकपाका मुख्य मुख्य नेताहरुको उपस्थिति रहने सो कार्यक्रममा सबै नेकपाका अगुवा तथा नेता कार्यकर्ता आउने सचिव खनालले बताए। संसद बिघटनको बिरुद्ध एक भै लाग्न सबै कार्यकर्तालाई आग्रह गर्दै नेकपा तिलोत्तमा नगर कमिटिका सचिव लक्ष्मण खनालले देशको सार्बभौमिकता र जनाद्शाको रक्षा गर्न नेकपा शक्ति एक ढिक्का हुनुपर्ने बताउदै सो कार्यक्रममा सबैलाई निम्तो समेत दिएका छन्।  

कमेन्ट गर्नुहोस्