
तिलोत्तमा, १ माघ २०७७। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् ।नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम गरेको दावी गर्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको उनले आरोप लगाए ।थारु समुदायको नयाँ बर्ष २६४५ एवं माघी पर्व २०७७ को अवसरमा रुपन्देहीको तिलोत्तमा-१३ करौजियामा सिटी युवा क्लवद्वारा आयोजित माघी महोत्सवलाइ सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रभावशाली नेता खाँणले सरकार गतल बाटोमा लागेकाले पतन भएरै छाड्ने दाबि गरे ।संसद बिघटन अलोकतान्त्रिक, असंबैधानिक, अधिनायकबादको यात्रा भएको उनको तर्क छ ।
अदालतमा रहेको बिचाराधीन मुद्धाको निर्णय कुरेको उनले बताएका छन् ।यो बिषयमा अदातललाइ धेरै प्रेसर दिनु उचित नहुने बताए । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको भन्दै उनले जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने बताए ।नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन नदिने बताए । सो अबसरमा थारु समुदायका बिभिन्न नाचहरु प्रस्तुत गरिएको कार्यक्रमका अध्यक्ष सन्तराम चौधरीले बताए ।
कमेन्ट गर्नुहोस्