लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गीतकार शिव सुबेदीले गरे जन्मदिनमा सहयोग

IMG

तिलोत्तमा,पुस २८। नेपाली संगीतमा गीतकारको रुपमा परिचित शिव सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न स्थानमा सहयोग हस्तान्तरण गरेका छन्।  पौष २८ गते जन्मदिन परेका सुबेदीले बुटवल-४ फुलबारी स्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दा आश्रममा खान खुवाउने कार्यक्रमदेखि जाडोमा ओढ्ने न्यानो सामग्री सहयोग गरेका छन्।  "आमाको कोखबाट जन्मलिएपछि धर्तीमा आएपछि समाजकै लागि बाच्नुपर्ने र समाजकै लागि केहि गर्नु नै जिन्दगी हो" भन्ने सुबेदीले आफ्नो जन्मदिन मा यस अघि पनि सहयोग गर्दै आएका थिए।


बुटवल तथा तिलोत्तमा क्षेत्रको लोकप्रिय अनलाइन एबम साप्ताहिक पत्रिकाका प्रबन्धक निर्देशक समेत रहेका सुबेदी गीत संगीतमा समेत परिचित छन्। उनको रचनामा सजिएको "यो मन जलेको नदेख्ने भए" , "तिमीलाई माया गर्नु मेरो ठुलो भुल भयो", "सुन किन्न सक्नेले", "बिरामी छु", "चाल समालेर", "राम कथा", "आज आफ्नै छायाले"  र बजारमा आउन लागेको "तिमि पनि तरल म पनि तरल"  लगायतका गीतको चर्चा छ।  

कमेन्ट गर्नुहोस्