लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडायाे’:कांग्रेस

IMG

तिलोत्तमा,पुस २५। संसद बिघटनको बिरोधमा नेपाली कांग्रेस रुपन्देही प्रदेशसभा २ ख ले बुटवलको १२ नयाँगाँउमा  बिरोधसभा गरेको छ ।सो अवसरमा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि ओलीले गरेको गैरकानुनी कदमको बिरोध जनाए ।उनीहरुले कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडाउदै तानाशाही शैलीमा अघि बढेको बताए । बिरोधसभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता युवराज गिरिले सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध आन्दोलनमा होमिन आग्रह गरे । उनले सम्पूर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गरे । नगर सभापति खेलराज पाण्डेयले संविधानको रक्षाको लागि आफुहरु सडकमा आएको बताए ।


मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२(०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताए ।कार्यक्रममा कांग्रेस नेताहरु बालकुमारी भण्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की,हरिबहादुर आचार्य,डिल्ली शर्मा आचार्य,बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,सचिब रबिन्द्रमान श्रेष्ठ,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्