लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा छुट्टिने स्थितीमा आएपछि संकट पैदा : नेकपा नेता रायमाझी

IMG

रुपन्देही : नेकपा नेता टोपबहादुर रायमाझीले नेकपा छुट्टिने स्थितीमा आएपछि संकट पैदा भएको बताएका छन् । संसद विघटनको स्थितीमा पु¥याउने मुख्य दोषी को हो भनेर चिरफार गर्नुपर्ने बताउँदैं उनले धेरै विषयमा भ्रम फैलाइएका कारण संकट उत्पन्न भएको बताएका हुन् ।रुपन्देहीको बुटवलमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा कै प्रचण्ड–माधव समूहलाई ईङ्गीत गर्दै पार्टी फुटाउनका लागि भ्रम फैलाएको बताएका हुन् ।


नेता रायमाझीले एक ताका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने र प्रचण्डले पार्टी हेर्ने गरी जिम्वेवारी बाँडफाड भएको स्मरण गर्दै अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्वेवारी छाडेर प्रधानमन्त्री पदमा नजर डुलाएको आरोप लगाए । उनले चुनावमा जानुको विकल्प नभएको बताउँदैं संस्थापन पार्टी आफ्नो पक्ष रहेको संसद पुनस्थपना नहुने दावी गरे ।

कमेन्ट गर्नुहोस्