
पौष १३, २०७७, तिलोत्तमा । तिलोत्तमा क्रिकेट बिकास समितिले संस्थाका संस्थापक अध्यक्ष सुनिल ढुंगानाको स्मृतीमा अक्षयकोष स्थापना गर्ने भएको छ । शुक्रबार मणिग्राम स्थित संस्थाको कार्यालयमा बसेको कार्यसमिति बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।अक्षयकोषको रकमबाट तिलोत्तमा नगरपालिकाभित्र बिद्यालयमा अध्यायन गर्ने २ जना छात्र र १ छात्रा क्रिकेट खेलाडीलाई छात्रवृती प्रदान गरिने संस्थाले जनाएको छ । त्यस्तै सोही बैठकले सुनिल ढुंगाना स्मृती कप टि १० क्रिकेट प्रतियोगिता पनि संचालन गर्ने निर्णय गरेको छ ।उच्च रक्तचापका कारण ज्यान गुमाएका ढुंगानाको परिवारलाई संस्थाले आर्थिक रकम सहयोग समेत गर्ने भएको छ । संस्थाका सदस्यहरुले ढुंगानाको परिवारलाई सहयोग स्वरुप ३२ हजार आर्थिक रकम संकलन गरेको संस्थाका कार्यवाहक अध्यक्ष लोकनेश ढेंगा मगरले जानकारी दिए ।
पौस २५ गते अधिवेसन हुने
यसैबिच तिलोत्तमा क्रिकेट बिकास समितिको अधिवेसन यही पौष २५ गते हुने भएको छ । लक डाउनका कारण पुर्वनिर्धारित कार्यक्रम स्थगित भएपछि अधिवेसनको नया मिती तय भएको हो । अधिवेसन पुर्व पौस २० गतेसम्म नयाँ सदस्यता आब्हान गरिएको संस्थाले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्र स्थायी बसोबास गर्ने क्रिकेट खेलसंग सम्बन्धित ब्यक्तिहरुलाई सदस्यता फारम भर्न संस्थाले आब्हान गरेको हो ।
सिइओ भुर्तेलले दिए राजिनामा
तिलोत्तमा क्रिकेट बिकास समितिका प्रमुख कार्यकारि अधिकृत दिपक भुर्तेलले राजिनामा दिएका छन । संस्थाको कार्यालय मणिग्राममा बसेको कार्यसमिती बैठकमा भुर्तेलले आफ्नो ब्यात्तिगत कारण देखाउदै सो पदमा रही कार्यसम्पादन गर्न नसक्ने भन्दै राजिनामा दिएपनि उनको राजिनामालाई आसन्न अधिवेसनसंग जोडेर हेरिएको छ । आगामी अधिबेसनमा प्रमुख जिम्मेबार पदमा उमेद्वारी दिन बाटो खोल्ने गरि उनले राजिनामा दिएको हुनसक्ने एक सदस्यले बताए ।
कमेन्ट गर्नुहोस्