लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेता रिझाउन पद बाडफाड,पौडेल भन्दा टोपबहादुर ‘सिनियर’

IMG

२०७७ पुष ११ तिलोत्तमा।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन र हेरफेर गरे । पुनर्गठनका क्रममा राज्यमन्त्रीसहित नौ जना नयाँले जिम्मेवारी पाए भने पुराना ६ जनाको जिम्मेवारी हेरफेर भयो  ।अर्थमन्त्री तथा नेकपा ओली समुहका महासचिवसमेत रहेका विष्णु पौडेलभन्दा बरियतामा नवनियुक्त उर्जा, जलश्रोत ता सिंचाइ मन्त्री टोपबहादुर रायमाझि अगाडि रहेका छन् ।रायमाझी वरियतामा चौथो नम्बरमा छन् ।


रायमाझी नेकपाको स्थायी समिति सदस्य हुन् । तर रायमाझीले अघिल्लोे ओली सरकारका पालामा उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने ईश्वर पोखरेल प्रधानमन्त्रीपछि दोस्रो वरियतामा छन् भने तेस्रो बरियतामा गृहमन्त्री रामबहादुर थापा वादल छन् ।बादलपछि चौथो नम्बरमा रायमाझी र पाचौ नम्बरमा अर्थमन्त्री पौडेल परेका छन् । त्यस्तै परराष्ट्मन्त्री प्रदीप ज्ञवाली छैठौ वरियतामा परेका छन् । 

कमेन्ट गर्नुहोस्