
९ पुस, २०७७ तिलोत्तमा। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् ।
सरकारको उक्त कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पनि विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्