लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसद विघटनको विरोधमा जसपाद्वारा भैरहवामा प्रदर्शन

IMG

८ पुस, बुटवल । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।भैरहवामा सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी काम गरेको बताए ।


पार्टीका अर्का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले प्रधानमन्त्री ओली गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताए ।केन्द्रीय सदस्य किस्मत विक,अतिअुल्लाह मुसलमान,जिल्ला अध्यक्ष रामअवतार यादव,सचिव सोमनाथ शर्मा लगायतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए ।यस्तै पाल्पाको तानसेन, दाङ,नेपालगन्ज लगायतका जिल्लामा पनि प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरिएको पार्टीका प्रदेश सचिव यज्ञ पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्