
तिलोत्तमा २०७७ पौष ८। लियो क्लब अफ भलवारी सिटिले "फस्ट भलवारी सिटी शटल मार्श नन मार्श नन मेडलिस्ट डबल ब्याडमिन्टन कम्पिटिसन"सम्पन्न गरेको छ। ५० भन्दा बढी टिमको सहभागीतामा सम्पन्न भएको कार्यक्रमको सभापतिमा लियो रबिन जोशी र प्रमुख अतिथी जिल्ला समन्वय समिती सदस्य रुपन्देहीकि जमुना लम्साल, बिशिस्ट अतिथीमा तिलोत्तमा -७ का वडा सदस्य देबि पङेनी, तिलोत्तमा खेलकुद बिकास समितिका संयोजक राजेन्द्र गुरुङको उपस्थितिमा थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती सदस्य रुपन्देहीकि जमुना लम्सालले "नगरस्तरकै उत्कृष्ट कार्यक्रम मध्य एकको रुपमा सम्पन्न कार्यक्रमले युवाहरुमा एकबद्ध हुन सघाएको जानकारी दिनुभएको छ"।
त्यसै गरि कार्यक्रमका अतिथी लियो जिल्ला परिषद ३२५ बि २ नेपालका एरिया- ४, एरिया चिफ लियो गोबिन्द बन्जाडेले "लियो जिल्लाको इतिहासमा पहिलो पटक यस्तो एतिहासिक कार्यक्रम गर्न सफल रहेकोमा खुसि ब्यक्त गर्नुभयो। सो कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल टोलि बिबेक न्यौपाने र सुबास अधिकारीले ट्रफी जितेका थिए भने द्वितीय हुने सुशील आचार्य र कमल गौतमको टोली रहेका थिए। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिम डि बि रायमाझी र लिला न्यौपानेको टिम र सोही स्थान हासिल गर्न सफल टिम जिवन पराजुली र रामचन्द्र पाण्डेको टिमलाई ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा बेस्ट भिटरियन खेलाडी बिनोद श्रेष्ठले हात पार्नु भयो भने बेस्ट युवा खेलाडी बिबेक न्यौपानेले हासिल गर्नु भयो। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लियो रबिन जोशीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ दिनु हुने सम्पुर्ण सहयोगी हातलाइ बिशेष धन्यवाद ज्ञापन समेत गर्नुभयो।
कमेन्ट गर्नुहोस्