लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा पार्टीबाट ओली हटे, नयाँ अध्यक्षमा माधव नेपाल

IMG

 तिलोत्तमा, २०७७ पौष ७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट निस्काशन गरेको छ ।बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको छ ।नेकपाका ४४६ जना केन्द्रीय सदस्यमध्ये ३१५ जनाको उपस्थिती रहेको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो ।पार्टीको दुई तिहाई भन्दा बढी सदस्यहरुको उपस्थितिी सञ्चालन भएको बैठकले आइतबार स्थायी कमिटी बैठकले गरेको अनुशासनको कारवाहीको निर्णयलाई अनुमोदन गर्दै ओलीलाई अध्यक्षबाट हटाएको हो ।


नेकपामा अहिले भने ४४१ सदस्य कायम रहेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बैठकले संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोप लगाउँदै पदबाट हटाएको हो ।बैठकले ओलीलाई निष्काशन गरेपछि सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई एक मतले अध्यक्ष चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्