लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भीम रावल र पम्फा भुसाल पुगे राष्ट्रपति कार्यालय

IMG

२०७७ पौष १,तिलोत्तमा सिटी।  संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका सांसदहरुको एक समूह राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ।नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुसाल लगायतका नेताहरु विशेष अधिवेशन माग गरिएको लिखित प्रस्ताव लिएर बुधबार दिउँसो शीतल निवास पुगेका हुन्।‘भीम रावल र पम्फा भुसाल लगायतका केही नेताहरू राष्ट्रपति कार्यालय जानु भएको छ, त्यहाँ सांसदहरूको आवश्यक संख्याको हस्ताक्षरसहित लिखित रुपमा विशेष अधिवेशनको माग गरिएको छ’, स्थायी समितिका अर्का एक सदस्यले भने।


प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल नै नगरी मंगलबार अध्यादेश ल्याएपछि सत्तारुाढ पार्टीभित्रै र प्रतिपक्षबाट समेत त्यसको चर्को विरोध भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुले विशेष अधिवेशन माग गरेका हुन्।राष्ट्रपतिलाई बुझाउन लगिएको पत्रमा ‘संसदको अधिवेशन बोलाउन छोडेर अध्यादेश ल्याई संसदलाई बन्धक बनाएको’ भन्दै तत्काल विशेष अधिवेशन आह्वान गर्नुपर्ने बताइएको ती नेताले उल्लेख गरे।तर राष्ट्रपति कार्यालयले विशेष अधिवेशन माग गरिएको सो पत्र दर्ता नगरेको भन्दै शीतल निवासमा रहेका नेताहरुले बालुवाटारमा स्थायी समिति बैठकका लागि भेला भएका नेताहरुलाई जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्