लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष ढुंगानाको निधन

IMG

मङ्सिर २४,२०७७ तिलोत्तमा। तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीका अध्यक्ष सुनिल ढुंगानाको ६३ बर्षको उमेरमा निधन भएको छ । हिजो मंगलबार बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको हो । नेपालको तर्फबाट बिभिन्न राष्ट्रिय खेल समेत खेलेका ढुंगाना पछिल्लो समय क्रिकेटमा नयाँ पुस्ता तयार पार्ने अभियानमा लाग्दै आएका थिए। उनले रुपन्देहीका विभिन्न खेलकुद समितिमा खेल जगतका लागि ठुलो योगदान गरेका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निबासी ढुंगानाका श्रीमती, एक छोरा र ३ छोरी रहेका छन् । ढुंगानाको मंगलबार योगीकुटी स्थित मगरघाटमा अन्त्येष्टि गरिएको हो।दिबंगत  ढुङ्गानाप्रती तिलोत्तमा सिटिको तर्फबाट हार्दिक श्रद्दान्जली , दिबंगत आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति र सिंगो खेलकुद क्षेत्रप्रति हार्दिक समबेदना प्रकट गर्दछौ। 

कमेन्ट गर्नुहोस्