लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा ४ महिनामा ८२३ वटा घरेलु हिंसा,हिंसामा ८७ पुरुष पनि

IMG

१९ मंसिर, तिलोत्तमा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला लुम्बिनी प्रदेशमा मात्र चालु आर्थिक वर्षको ४ महिनामा ८२३ वटा घरेलु लैङ्गिक हिंसा भएको तथ्याँक सार्वजानिक भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको घरेलु लैङ्गिक हिंसामा सबैभन्दा बढी बाँकेमा २७२ लैङ्गिक हिंसाको घटना प्रहरीमा दर्ता हुन पुगेका छन् । त्यसैगरि दोस्रोमा रुपन्देहीमा १६१ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६, बर्दियामा ३८, रोल्पाम ३४, अर्घाखाँचीमा ३२, गुल्मीका २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुममा ४ वटा घरेलु लैङ्गिक हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।


     प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ४ महिनामा असोज महिनामा सबैभन्दा बढी २५८ वटा घटना भएका छन् भने श्रावणमा २१० वटा घरेलु लैङ्गिक हिंसाका घटना भएका छन् । त्यसैगरि कार्तिकमा १८४ र भाद्रमा १७१ वटा घटना दर्ता भएको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।प्रदेमा ४ महिनामा ७३६ जना महिला घरेलु लैङ्गिक हिंसाबाट पीडित बन्दा ८७ जना पुरुष पनि हिंसा पीडित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशमा पीडकहरुमा ६९६ पुरुष पीडकहरु अभियुक्त बनाईएका छन् भने महिला पीडकहरुको संख्या २४९ रहेको छ ।घरेलु लैंङ्गिक हिंसाका अधिकांस उजुरीहरु मौखिक र ठाडो उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।


 चालु आर्थिक वर्षको ४ महिनामा ८२३ ठाडो उजुरी प्रहरी सम्म आएपनि कानुनी रितका साथ घरेलु हिंसाका १ थान मात्र मुद्दा दर्ता हुन पुगेको छ ।१६ दिने अभियान चलिरहेको वेला प्रदेशमा भएका लैङ्गिक हिंसाका घटना वढेकोप्रति सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्