लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय,संसदको अधिवेशन बोलाउन माग

IMG

१९ मंसिर, तिलोत्तमा ।प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ ।पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा सहभागी नेता अर्जुननरसिंस केसीले भने, ‘यसको पछिल्लो कडी तनहुँ घटना हो ।’तनहुँ घटनाका साथै कोभिड-१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ ।


कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ । जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्