लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हतार-हतार राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

tillotmacitynews - 2020 Nov 14 09:01 PM
IMG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुगेको बुझिएको छ । पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् । राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् । राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ ।


नेकपामा बैठक नै राख्न नमान्ने केपी ओली र बैठकको माग गर्ने नेताहरुबीच केही समय चर्को विवाद देखिएको थियो ।त्यसपछि ओली कार्तिक २८ गते शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए । सो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताले पेश गरेको प्रस्ताव फिर्ता गर्न ओली पक्षीय नेताहरु दवाव दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्