
तिलोत्तमा सिटी,कात्तिक २८। लुम्बिनी प्रदेश सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको छ । पोर्टलको विकास गरी रोजगारकर्ताहरुलाई रोजगारदातासँग पुर्याउने अनलाइन प्रविधिको सुरुवात गरेको हाे ।प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी यस क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्न सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको हो । यो प्रविधिको विकासँगै बेरोजगार रहेका कुनै पनि क्षमताका नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्ने छन् भने रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्ने छन् ।विहिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रोजगार पोर्टका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले यसलाई नविन स्थापनाको सुरुवातको रुपमा लिइएको बताए ।
विश्वव्यापी कोरोना महाकारीले स्वदेश फकिएका नागरिकहरुलाई रोजगार सिर्जनाका लागि सरकारले काम गरिरहेको बताउँदै उनले प्रदेशमा आवश्यक जनशक्तिहरुसमेत स्वदेशी जनशक्तिबाटै पूर्ति गर्ने गरी काम गरिरहेको उनले बताए ।रोजगारदाता र रोजगारको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा ल्याउने गरी ल्याइएको यो प्रविधिको माध्यमबाट रोजगार सिर्जना र जनशक्तिको आपूर्तिलाई एकद्वार प्रणालीमा लैजान सजिलो हुने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले बताए ।नागरिकहरुले यस पोर्टलमा गएर आफूले चाहेका रोगार क्षेत्र, आफ्नो क्षमता, सीप तथा ज्ञानका बारेमा खुलाएर आवेदन दिन पाउने छन् ।यसैगरी रोजगार दाता कम्पनीहरुले आफ्ना लागि आवश्यक जनशक्ति, सेवा सुविधा लगायतका विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् ।
कमेन्ट गर्नुहोस्