लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा सचिवालय बैठक : छलफल विवाद समाधान या आरोप प्रत्यारोप ?

tillotmacitynews - 2020 Nov 13 01:28 PM
IMG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बस्दैछ ।सचिवाल बैठक बसाल्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा बैठक अलपत्र परेको थियो ।पार्टीभित्र देखापरेको गम्भीर विवादबारे छलफल गर्न भन्दै प्रचण्डसहितका पाँच नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले बैठक बस्न आग्रह गरेपनि अध्यक्ष ओली तयार नभएपछि नेताहरु आआफ्ना समुहका बैठकमा सीमित भएका थिए ।गत शनिबार प्रचण्डसहितका पाँच सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाउँदै बैठकको माग गरेका थिए । ओलीले सो पत्रमा तोक लगाउँदै महासचिव विष्णु पौडेललाई उपयुक्त समयमा बैठक बोलाउन निर्देशन दिएपछि परिस्थिति थप जटिल बनेको थियो ।


पुनः पाँचै जना नेताहरुले यही मंगलबार ओलीलाई २७ गतेका लागि बैठक बोलाउन आग्रह गरेका थिए । त्यसअघि अध्यक्ष प्रचण्डले ओलीसँग बालुवाटारमै पुगेर छलफल गरेका थिए । ओली बैठकका लागि सहमत भएपछि महासचिव विष्णु पौडेलले बिहीबार सबै सचिवालय सदस्यहरुलाई शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने जानकारी गराएका थिए ।नेकपाको गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय र भावलाई नेताहरुले आफु अनुकुल व्याख्या गर्दा नेकपाभित्र संकट पैदा भएको छ ।त्यसैमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको मध्यरातमा भेट र पमन्त्रिपरिषद् विस्तारपछि आगोमा घ्यु थपेजस्तै विवाद बढेको छ ।विवाद बढ्दै जाँदा यसपटक पनि दुवै समुहले एक अर्को नेतालाई हटाउन हस्ताक्षर संकलनसम्मको अभियान संचालन गरेका छन् ।


आज बस्ने सचिवालय बैठकमा यी सबै विवादका विषयमा गम्भीर छलफल होला या एक अर्कालाई आरोप प्रत्यारोपमै बैठक सकिएला भन्ने चासोको विषय बनेको छ । लामो विवाद र आरोप प्रत्यारोपपछि सुरु हुन लागेको बैठकमा नेताहरुको प्रस्तुती कस्तो रहन्छ भन्ने कुरा उत्सुकताको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्