
२७ कात्तिक, विराटनगर । विश्व बजारमा भ्याक्सिन तयार हुने वितिकै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयत गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।
औषधि उत्पादन गरिने राष्ट्रहरुले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अडचनहरू हटाउनका निम्ति अध्यादेश तयार गरिएको जानकारी दिए ।अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । मन्त्री ढकालले भ्याक्सिनको आवश्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताए ।भौतिक संरचनाको अभाव र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरिएको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्