लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालुवाटारबाट रित्तै फर्किए कार्यदलका सदस्य

IMG

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गएका विवाद समाधान कार्यदलका सदस्यहरु छलफल नै नगरी फर्किएका छन्।सोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग पार्टीभित्रको गतिरोध अन्त्य गर्न के समस्या परेको हो भनेर सोध्न गएका उनीहरु त्यतिकै फर्किएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए।‘आज प्रधानमन्त्रीसंँग भेट गरेर भदौ २६ को निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौँ’, रावलले भने, ‘तर कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनुभएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौँ।’


पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जारी शक्तिसंंघर्ष चर्किएको बेला त्यसलार्इ मथ्थर गराउन नेताहरूले सक्रियता देखाएका थिए।विघटन भएको सोही कार्यदलले नै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तय गरेको थियो। सोमबार महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका थिए। पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।सोमबार पौडेलले कार्यदलका सदस्यसहित प्रधानमन्त्री ओलीसँग छ्लफल गर्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्