
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कात्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताए ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिमाथि थप छलफल गरेर सहमति खोजेर बैठक बस्ने ती नेताले बताए ।
कमेन्ट गर्नुहोस्