लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पार्टी एकता गम्भीर मोडमा - महासचिव पौडेल

IMG

१६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् ।तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच देखिएको मतभेदकै कारण पार्टी एकता संकटमा परेकाले आफ्नो कुरा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको महासचिव पौडेलले बताए । पौडेलले भने, ‘निकै चिन्तित बनेको छु, त्यसैले आफ्नो कुरा सार्वजनिक गरेको हुँ ।’


महासचिव पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाली, सुखी नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवाद तर्फ अगाडि बढ्न पार्टी एकता भएको उल्लेख गरेका छन् । तर, अहिले एकताको औचित्व बिपरीत पार्टी संकटतिर धकेलिएको उनले बताए ।ओली–प्रचण्ड बीच ११ दिन पछाडि शनिबार दिउँसो भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्तामा समेत कुनै ठोस् सहमति जुट्न नसकिरहेका बेला महाचिव पौडेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।विभाजनकै डिलमा पुगेर अडिएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णयअनुसार, नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ भने दुई अध्यक्ष बीच राम्रोसँग सम्वाद समेत हुन सकिरहेको छैन ।विशेषगरी कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायत केही निर्णयले नेकपाभित्र फेरि जटिलता देखिएको छ ।

कमेन्ट गर्नुहोस्