लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युरोपमा प्रेस संगठन नेपालको शाखा गठन

tillotmacitynews - 2020 Nov 01 12:43 PM
IMG

प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ । शनिवार भएको भर्चुअल भेलाले बेल्जियमका केजीन राई (खिमसुहॉग चाम्लिंग) को संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।सो शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) रहेका छन् । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार(नर्वे) रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन् ।


यसैगरी बिमला सेने (बेलायत)कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको विशेष आतिथ्यतामा सम्पन्न भेलाले युरोपमा रहेका सबै पक्षको भावनालाई समेटदै युरोप शाखा गठन गरेको हो ।यसैगरी अन्य देशमा समेत शाखा छिट्टै बिस्तार गरिने प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले बताए।  

कमेन्ट गर्नुहोस्