लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ:कोरोना संक्रमित मेसु डा. खनाल

IMG

८ असोज,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् ।डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उनले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।आफूसँग पछिल्लो ४-५ दिनदेखि नजिक भएकाहरुमा लक्षण छन् भने अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर टेस्ट गराउन र लक्षण नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेका छन् ।


‘शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ,मेसेज जति गरे पनि हुन्छ । तर सकारात्मक होस् जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाऊं,’ लामो स्टाटस पोष्ट गरेका खनालले फेसबुकमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्