लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संविधान पुनःलेखनको माग गर्दै जनमुक्तिद्वारा प्रदर्शन

tillotmacitynews - 2020 Sep 19 08:46 PM
IMG

२०७७ आश्विन ३ बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश समिती ५ ले संविधान पुनःलेखनको माग राख्दै कालो झण्डा रव्यानरसहित विरोध प्रदर्शन गरेको छ । असोज ३ गते शनिबार ५ औं संविधान दिवसका दिन पार्टीले संविधानमा आदिवासी जनजातिका मागहरुलाई संवोधन गर्ने गरी संविधान पुनःलेखन गर्न माग गरेको हो ।


राजष्ट्रिय जनमुक्तिका उपाध्यक्ष कमला थापाले संविधानमा सबै जातजातीका मागहरुलाई समावेश नगरिएको बताउँदै पुनःदेखनको माग गरिन् । विरोध कार्यक्रममा पार्टीका प्रदेश ५ अध्यक्ष झमबहादुर गुरुङ्ग, प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ्ग, पुर्व सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर राना तथा रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापालगायतले बिचार व्यक्त गरेका थिए ।पार्टीको टोपी तथा विभिन्न नारासहितका प्लेकार्डसहित विरोधमा पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए । कोडिभ-१९ का बीच स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्