लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तत: राष्ट्रियसभा सदस्य मनोनित भए बामदेव

IMG

आश्विन १, २०७७ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।


राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्