लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिलो पटक पेरिसडाँडामा बस्दै नेकपाको सचिवालय बैठक

IMG

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने भएको छ। शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको नेकपा महासचिव विष्णु पौडेलले बताए।प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक तय भएको हो। 


पेरिसडाँडामा तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय थियो। नेकपाले अहिले मुख्य केन्द्रीय कार्यालय तत्कालीन नेकपा (एमाले) को मुख्यालय धुम्बाराहीलाई बनाएको छ भने पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय रहने गरी केन्द्रीय कार्यालय तोकेको छ।नेकपाले पार्टीका बैठक पार्टी कार्यालयमै गर्ने यसअघि नै निर्णय गरिसकेको छ। तर, नेकपाका प्रायः बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका छन्। धुम्बाराहीमा केहीपटक सचिवालय बैठक बसेको थियो। पर्सि शुक्रबारको बैठकमा पार्टी एकताका बाँकी काम  समसामयिक विषयमा छलफल हुने नेकपाले जनाएको छ। 

कमेन्ट गर्नुहोस्