
२०७७ भाद्र १४ बुटवल । समुदाय स्तरमा दिनानुदिन कोरोना संक्रमित बढेपछि रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थपिएपछि बुटवल उपमहानगरले आफ्नो उपमहानगरमा थप कडाई गर्ने भएको छ । उपमहानगरले एक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने जनाएको छ । यस्तै लकडाउनको समयमा अनुमति प्राप्त सवारी साधान बाहेक अन्य साधनहरुमा प्रतिबन्ध लगाइएको छ ।
खाद्य, किराना, डिर्पाटमेण्ट स्टोर, तरकारी, फलफूल, दुध र दाना व्यवसायका पसलहरुले बिक्री वितरण आवश्यक दुरी कायम गरि बिहान ६ बजे देखि ९ बजे सम्म र साझँ ४ : ३० देखि ६ : ३० सम्म सञ्चालन गर्न पाउनेछन् । यस्तै एम्बुलेन्स, विद्युत्, खानेपानी, वारुणयन्त्र, सरसफाई सम्बन्धि सेवा र दाना ओसारपोसारमा प्रयोग हुने सवारी साधन सञ्चालन हुनेछन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार गर्न नपाउने, अन्लाइन मात्र कारोबार गर्ने, सहकारी संस्थाहरु पूर्ण रुपमा बन्द रहने छन् भने अत्यावश्यक भएमा राष्ट्र बैंकको निर्देशन अनुसार कार्य सम्पादन गर्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्