लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेताहरु एकपछि अर्को खुल्दै,हस्ताक्षर रोक्न प्रचण्डलाई आफ्नैको दवाव

tillotmacitynews - 2020 Apr 28 09:53 PM
IMG

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अनेपेक्षित रुपमा आफ्नै निकट सांसद, केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरुले फेरी पनि पार्टी टुटफुट गर्ने, अलग हुने काममा नलाग्न ठूलो दवाव परेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको काममा असन्तुष्ट जनाउने हदसम्ममा सहमति भएपनि पार्टी नै टुक्रयाउने हदसम्म जान कुनै हालतमा नहुने भन्दै शीर्ष नेतृत्वबीच सहमति खोज्ने सुझाव पुगेका हुन् ।


आफ्नै निकटबाट आएका यस्ता दबाबले अध्यक्ष प्रचण्डलाई मौन बनाएको उनी निकट एक स्थायी कमिटी सदस्यले खुलानेपाललाई जानकारी दिए ।


२ तिहाइको शक्ति रहेको नेकपा विभाजनको प्रयास भएको, त्यसमा विदेशी शक्तिहरु समेत सक्रिय भइरहेको सूचना पछि प्रचण्ड निकट नेताहरु हिजोबाट गोलबन्द भई पार्टी जोगाउन लागेका हुन् । प्रचण्डले सरकारविरुद्ध हस्ताक्षर अभियानै सुरु गरेपछि नेताहरुले विरोध थालेका हुन् ।


प्रभावशाली नेताहरु लेखराज भट्ट, दिनानाथ शर्मा, टोपबहादुर रायमाझीले कोरोनाले सबैलाई आक्रान्त पारेको यो बेला सरकार ढाल्ने, पार्टी टुक्र्याउने कुनै पनि खेलमा आफूहरु सामेल हुन नसक्ने बताएका हुन् ।


उनीहरुले आज बिहान प्रचण्डलाई भेटेरै सहमति खोज्न आग्रह गरेका हुन् ।


‘हामीले आफ्ना कुरा प्रष्ट भनेका छौं । यो हस्ताक्षर बटुलेर हिंड्ने बेला होइन । यतिबेला सरकारलाई जनताको पक्षमा काम दिन साथ दिनुपर्छ । यति भन्दा मेरो मन्त्री पद खुस्किएछ भने पनि म राजी छ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले सार्वजनिक रुपमै भनेका छन् ।


यस्तै दबाबकै बीच प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

कमेन्ट गर्नुहोस्