
रुपन्देही । नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश , प्रदेशसभा क्षेत्र नम्बर २ (क) को प्रदेश प्रतिनिधि पदमा कविता पन्थीले उम्मेदवारी घोषणा गर्नुभएको छ।शिक्षा, साहित्य, बौद्ध दर्शन, पत्रकारिता तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय पन्थीले पार्टीको प्रदेश प्रतिनिधिका रूपमा उम्मेदवारी दिनुभएको हो।
पन्थीले नेपाली, बौद्ध दर्शन तथा पत्रकारितामा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ। उहाँ लुम्बिनी वाङ्मय प्रतिष्ठानको केन्द्रीय सदस्य तथा रुपन्देही उपाध्यक्ष, मानव कल्याण मित्र मञ्चको महासचिव र मैत्रेयी महिला आवाजकी संस्थापक अध्यक्ष हुनुहुन्छ। त्यस्तै, उहाँ लेखक तथा सर्जकका साथै शिक्षिका तथा प्राध्यापकका रूपमा समेत सक्रिय हुनुहुन्छ।
शिक्षा र साहित्यसँगै महिला सशक्तीकरण, मानवीय मूल्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशील पन्थीले आफ्नो अनुभव र योगदानलाई पार्टी संगठन तथा सामाजिक क्षेत्रमा थप प्रभावकारी रूपमा अघि बढाउने बताउनुभएको छ।जसको लागि आउदै गरेको १५ औँ अधिबेशनमा आफुलाई अमुल्य मतदान गर्दै जिताउन आग्रह समेत गर्नु भएको छ।
कमेन्ट गर्नुहोस्