लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोसको १० वटै सेवा केन्द्रको वार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न

IMG

तिलोत्तमा। कोटिहवामा केन्द्रिय कार्यालय रहेको जनउत्थान साकोसको आश्विन १० गते शनिबारकाे दिन प्रतिकूल मौसम र अविरल वर्षाका बाबजुद पनि मौसमको अनुकूलता हुँदा समेत उत्साहजनक उपस्थितिमा २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। 


साकोसका सीईओ रन बहादुर थापाका अनुसार बिहान आउने समयमा पानी रोकिनु, कार्यक्रम सुरु हुने बेला केही छिन परे पनि कार्यक्रम सञ्चालन अवधिभर मौसम पूर्ण रूपमा शान्त रहनु र कार्यक्रम सकिएपछि मात्र पुनः वर्षा हुनु—वास्तवमै मौसमले पनि हाम्रो यो महाकुम्भलाई पूर्ण साथ दिएको अनुभूति भएको छ। संस्थाका सबै १० वटै सेवा केन्द्रहरूबाट प्राप्त रिपोर्टिङ अनुसार हरेक सेवा केन्द्रमा सेयर सदस्य महानुभावहरूको उल्लेख्य र ऐतिहासिक सहभागिता रहेको छ।


केन्द्रिय अध्यक्ष गिरि प्रसाद पुनका अनुसार सहकारिमाथिको बिश्वास असोज १० गते देखिएको छ।  कुनै भत्ता या ठुलो खाजा बिना कार्यक्रम शुरु हुन अगावै बाट अन्त्य सम्म सदस्य बस्नु चानेचुने कुरा नभएकोले सबै सदस्य प्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ। 


सहकारीको हाल ४२ हजार सदस्य रहेका छन्। १० वटा सेवा केन्द्रबाट ३६५ दिने सेवा प्रबाह गरिरहेको सहकारीले ऋण चाहिने सदस्यहरुलाई बिना सेवा शुल्क १ अर्ब १४ करोड रकम तयारी अवस्थामा रहेको समेत जानकारी दिएको छ। अन्तराष्ट्रिय स्तरमा आफ्नो उत्कृस्ट पहिचान बनाएको सहकारीलेयस क्षेत्रमा कृषक , पशुपालक, उद्यमी, ब्यापारी, अबोर्ड स्टडिका लागि जाने बिद्यार्थी, घर, भेहिकल, लागायतका सेवा तथा नाफामुखी संस्थाहरुमा लगानी गर्दै आएको छ। 

कमेन्ट गर्नुहोस्