लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोस मणिग्रामको वार्षिक साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मणिग्राम शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। तिलोत्तमा–स्थित रामजानकी मन्दिर, मंगलापुरमा आयोजित साधारण सभामा सहकारीका सदस्य, पदाधिकारी तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा संस्थाका अध्यक्ष सीता पाण्डेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष देवीप्रसाद पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जनउत्थान साकोसका केन्द्रीय अध्यक्ष गिरीप्रसाद पुन र संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख बक्ताको रुपमा प्रतिनिधी सभा सदस्य ज्ञानु पौडेल, जनप्रतिनिधि वडा नम्बर १५ का सदस्य क्षितिजा पौडेल, पुर्व लेखा संयोजक अनिल थापा श्रीस पनि सहभागी हुनुहुन्थ्यो। ।त्यस्तै तिलोत्तमा–१० का वडा अध्यक्ष गोपालप्रसाद घिमिरेसंगै स्थानिय सरोकारवालाहरु र सदस्य  लगायतको उपस्थिति रहेको थियो।


सहकारीले सामाजिक बिकास र आर्थिक विकासमा जोड दिनुपर्ने

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा–७ का अध्यक्ष देवीप्रसाद पंगेनीले सहकारी संस्थाहरूले आफ्ना सदस्यको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारीप्रति सदस्यको विश्वास कायम राख्दै पारदर्शिता, सुशासन र सदस्यहितलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।


जनउत्थान साकोसका केन्द्रीय अध्यक्ष गिरीप्रसाद पुनले संस्थाले सदस्यको विश्वास र सहभागिताका कारण निरन्तर प्रगति गर्दै आएको बताउनुभयो।  उहाँले  सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सदस्यको आवश्यकता तथा अपेक्षाअनुसार सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।


संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख बक्ताको रुपमा प्रतिनिधी सभा सदस्य ज्ञानु पौडेलले सहकारीको विकासमा सदस्यको भूमिका महत्वपूर्ण हुने बताउँदै संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।उहाँले सरकारले नीति र कानुन बनाएर सहकारीको धारणा बनाउन लागेको समेत बताउनुभयो।जनउत्थान साकोसले सदस्यलाई प्रभावकारी तथा सहज वित्तीय सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउदै उहाँले गरिमा बोकेको यस संस्थालाई दिगो राख्न सबैको सहयोग अपरिहार्य भएको र सदस्यको विश्वासलाई कायम राख्दै आगामी दिनमा थप गुणस्तर र जिबनपयोगी सेवा विस्तार गर्न आग्रह समेत गर्नुभयो। 


तिलोत्तमा–१० का वडा अध्यक्ष गोपालप्रसाद घिमिरेले स्थानीय स्तरमा सहकारीले पुर्‍याएको योगदानको चर्चा गर्दै सदस्यलाई उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने बताउनुभयो। उहाँले सहकारीमार्फत बचत गर्ने बानीसँगै उद्यमशीलता विकास गर्न सके आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो।


संस्थाका अध्यक्ष सीता पाण्डेले जनउत्थान साकोस सदस्यहरूको साझा संस्था भएकाले यसको प्रगति र सुदृढीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।उहाँले सदस्यको आर्थिक उन्नति, संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर संस्था अगाडि बढिरहेको जानकारी समेत दिनुभयो। 


विद्यार्थी तथा सदस्य सम्मान

वार्षिक साधारण सभाका अवसरमा एसईई उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थी तथा विभिन्न पदवी प्राप्त गर्ने सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। सदस्य तथा परिवारका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दा उनीहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरिएको थियो।कार्यक्रममा सदस्य चिट्ठा कार्यक्रम समेत आयोजना गरिएको र सो चिट्ठा कार्यक्रममा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको व्यवस्थापक जोखबहादुर रानाले बताउनुभयो। 


त्यसैगरी कार्यक्रममा रामेश्वर ढकाल र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले सांगीतिक प्रस्तुति दिनुभएको थियो। उहाँहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो।सहकारीका सदस्य, पदाधिकारी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न साधारण सभाले संस्थाको आगामी कार्यदिशा र सदस्यकेन्द्रित सेवाका विषयमा समेत छलफल गरेको थियो।साकोसले आफ्ना १० वटै शाखामार्फत आजकै दिन एउटै समयमा सबै शाखाको आयोजनामा रुपन्देहीका अन्य ठाउँमा समेत बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

कमेन्ट गर्नुहोस्