
मणिग्राम। नगर बाल सञ्जालका पदाधिकारीहरू तथा नगर प्रहरीको संयुक्त टोलीद्वारा तिलोत्तमा नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न क्याफेहरूमा एक विशेष र कडा अनुगमन गरेको छ। अभियान अन्तर्गत नगर स्तरिय बाल सन्जालका अध्यक्ष महिमा खनालको अध्यक्षतामा अनुगमन तथा नियन्त्रण र निरिक्षणल कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको बताइएको छ।
अठार वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सर्वसुलभ रूपमा हुक्का तथा अन्य लागूपदार्थ बेचबिखन भइरहेको जानकारी तथा गुनासो बढेपछि सो अनुगमनलाई तिब्र पारीएको हो। सो विषयमा प्रत्यक्ष निगरानी र सत्यतथ्य छानबिन गरि त्यस्तो पसल तथा रेस्टुरेन्ट हरुलाई अनुगमनको घेरा भित्र राखी हरेक वडामा पुगीने अध्यक्ष खनालले बताईन। बाल अधिकारको संरक्षण, किशोर-किशोरीहरूलाई दुर्व्यसनको गम्भीर जोखिमबाट जोगाउने र गैरकानुनी गतिविधिहरूमाथि पूर्ण विराम लगाउने लक्ष्यका साथ यो सशक्त कदम चालिएको बाल संजालकी अध्यक्ष खनालको भनाई छ।
अनुगमन कार्यमा न्नगर प्रहरी प्रकाश चौधरीको नेतृत्त्व मा नगर प्रहरीहरु , बाल संजालका पदाधिकारी सदस्यहरुको उपस्थिति थियो।
कमेन्ट गर्नुहोस्