लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरा–भैरहवा हवाई भाडा २ मिनेटमै २ हजारले बढ्यो, बुद्ध एयरको मनलाग्दी भाडादर!

IMG

तिलोत्तमा। देश महामारीको बिपत्तिमा छ सडक भासिएको छ।  पहिरो र बाढीले जनमानस आक्रान्त छ तर डोमेस्टिक एयरलाइन्सहरु भने भाडा बढाउनमा ब्यस्त छन।सोमबार करिव ११ बजे बुधबार र शुक्रबार को टिकट लिन कसिएका तिलोत्तमाका एक यात्रुले मोबाइलबाट टिकट लिंदा लिंदै २ मिनटमा २ हजार बढेको थाहा पाएपछि अक्क न बक्क भए। अनलाइन टिकट काट्दा काट्दै ५ हजार १ सय सन्ताउन्न बाट २ मिनटमा बढेर ७ हजार ४ सय २८ भएपछी यात्री दङ्ग भएका हुन्। पोखरा-भैरहवा हवाई टिकटको भाडा यात्रुले हेर्दाहेर्दै २ मिनेटमै करिब २ हजार रुपैयाँले छोटो समयमै अस्वाभाविक रूपमा भाडा बढेपछि यात्रुहरूले बुद्ध एयरको भाडादरप्रति प्रश्न उठाएका छन्।


हवाई यात्रुको चाप बढेको समयमा यसरी भाडा बढाइनु यात्रुमाथिको अन्याय भएको भन्दै सम्बन्धित निकायले तत्काल अनुगमन गरी उचित कदम चाल्नुपर्ने माग गरिएको छ। १० भदौमा रसुवामा आएको भीषण बाढी र पहिरोको प्रभावसँगै विभिन्न राजमार्ग अवरुद्ध हुँदा स्थल यातायात थप प्रभावित छन् । स्थलमार्गमा समस्या हुँदा हवाईमार्ग एकमात्र विकल्प रहने गरेको छ । लामो दुरी तय गर्न हवाई यात्राको विकल्प पनि कमै हुन्छ । हालैको बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढिरहेको छ ।यात्रु चाप थेग्न वायुसेवा कम्पनीहरूलाई भ्याइ नभ्याइ छ।


बजार हिस्सा, जहाज संख्या र यात्रु चापका हिसाबमा मुलुककै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले राजमार्गमा स्थल यातायात आवागमन सहज नहुन्जेल हवाई भाडा नबढाउने घोषणा गरे पनि ब्यबहारमा भने त्यो लागु रहेको छैन। बुद्धले हाल दैनिक १० हजारभन्दा बढी यात्रुलाई गन्तव्य पुर्‍याइरहेको छ तर भाडादर नबढाईकन यात्रुलाई सहजता दिनुपर्नेमा बुद्धएयरले रसुवा बाढीपछि उडान संख्यासँगै यात्रु चाप पनि ह्वात्तै बढेको पाएपछि भाडा बढाएको हुनसक्ने यात्रुहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्